पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी भाद्र २० र २१ गते सम्पन्न हुन गइरहेको ३६ औँ महाधिवेशन तथा ७२ औँ वार्षिक साधारणसभामा उद्योगी तथा व्यवसायी रामेश्वर अधिकारीले कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। ‘सबल व्यवसायी, व्यवस्थित बजार, समृद्ध संघ’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिएका अधिकारीको क्रम संख्या ११ रहेको छ।
पोखरा-९, महेन्द्रपुल, साँघुमुखमा बिराज सप्लायर्स र बि एण्ड बि फेसन ट्रेडर्स सञ्चालन गर्दै आएका अधिकारी लामो समयदेखि व्यावसायिक तथा सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका छन्। व्यावसायिक हकहित र संघको सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै उनले सम्पूर्ण उद्योगी(व्यवसायीहरूसँग अमुल्य मत प्रदान गरी अत्यधिक मतले विजयी गराउन अपिल गरेका छन्।
अधिकारीसँग पोखरा उद्योग वाणिज्य संघको पूर्व कार्यसमिति सदस्यका रूपमा काम गरिसकेको अनुभव छ। उनी साँघुमुख महेन्द्रपुल बजार समितिका पूर्व अध्यक्षका साथै कपडा व्यवसायी एसोसिएसन कास्कीका पूर्व उपाध्यक्ष एवं वर्तमान सल्लाहकार हुन्।
सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय अधिकारी मिजुरे-पोखरा सम्पर्क समाज र लायन्स क्लब अफ पोखरा सुन्दर नगरीका पूर्व अध्यक्ष हुन्। हाल लायन्स ईन्टरनेसनल, डिस्ट्रिक ३२५ के. नेपालको ग्लोबल कजेज चीफका रूपमा कार्यरत उनी उपभोक्ता मञ्च कास्कीका जिल्ला सदस्य तथा अधिकारी समाज कास्की र विश्व हिन्दु महासंघ कास्कीका आजीवन सदस्य हुन्। लामो व्यावसायिक अनुभव र स्वच्छ सामाजिक छवि बनाएका अधिकारीको उम्मेदवारीलाई पोखराका उद्योगी-व्यवसायीहरूले चासो र महत्वका साथ हेरेका छन्।




Comments are closed.