निजी क्षेत्रमाथि बैंकहरुबाट समस्या सिर्जना गर्ने काम भयोः महासंघ अध्यक्ष श्रेष्ठ

रामकृष्ण श्रेष्ठ, अध्यक्ष, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ

काठमाडौं । बैंक तथा वित्तीय सस्थाहरुले बढाएको चर्को ब्याजदर, ज्यादतीपूर्ण शैली, असहिष्णु व्यवहारबाट देशभरका व्यवसायी पीडित बनेको नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले बताएका छन् । आर्थिक आवाजसँग कुरा गर्दै श्रेष्ठले बैंकको पछिल्लो गतिविधिबाट निजी क्षेत्र पीडित बनेको बताए ।

कोभिड १९ पछि सिर्जना भएको चरम आर्थिक मन्दीसँगै भोग्नु परेको आर्थिक तथा व्यावसायिक पीडाबाट उन्मुक्ति नपाउदै मुलुकभरका उद्योगी, व्यवसायीहरुले बैंक तथा वित्तीय सस्थाहरुबाट समेत मानसिक पीडा एवं ज्यादति भोग्नुपरेको श्रेष्ठले बताए । आन्दोलन, वार्ता एवं संवादको माध्यमबाट आम पीडित उद्योगी, उद्यमी, व्यवसायीहरुको पक्षमा बुलन्द आवाज उठाउन पनि महासंघले सम्पूर्ण निजी क्षेत्रका संघसस्थाहरुलाई अपिलसमेत गरेको छ ।

व्यवसायीहरु बिरुद्ध भइरहेको ज्यादतीबिरुद्ध सम्पूर्ण निजी क्षेत्र एकताबद्ध भइ अगाडि बढ्नुपर्ने महासंघ अध्यक्ष श्रेष्ठले बताए । ‘यतिबेला निजी क्षेत्रमाथि राज्य र बैंकहरुबाट समस्या सिर्जना गर्ने काम भएको छ,’ उनले भने, ‘निजी क्षेत्रलाई प्रोत्साहन गर्ने काम नै भएन ।’

You might also like

Comments are closed.