काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा मोरङ क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रुबिना आचार्यले फराकिलो अग्रता कायम गरेकी छ न्।
हालसम्मको मतगणनाअनुसार आचार्यले ३ हजार ४२३ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले ७२८ मत पाएका छन् ।
त्यसैगरी **नेकपा (एमाले)**का उम्मेदवार विनोद ढकालले ६२७ मत प्राप्त गरेका छन् ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Comments are closed.