नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्याे चालु आर्थिक वर्षको समीक्षा प्रतिवेदन

प्रतिवेदन अनुसार नेपालको चालु खाता ५१ अर्ब ८२ रुपैयाँ करोडले घाटामा

काठमाडाै । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको समीक्षा प्रतिवेदनमा नेपालको चालु खाता ५१ अर्ब ८२ रुपैयाँ करोडले घाटामा रहेको देखिएको छ । बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको समीक्षा प्रतिवेदनमा यस्तो देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१० अर्ब ५८ करोडले घाटामा रहेको थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १८० अर्ब १७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २६८ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको छ ।

साथै अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले मात्र घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २४।० प्रतिशतले कमी आई ५ अर्ब ९१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ रुपैयाँ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ७८ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो।

 

You might also like

Comments are closed.