मौद्रिक नीति निर्माणमा सरोकारवाला समावेश गर्न खोज्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक मौद्रिक नीतिको तयारी सुरु गरेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रारूप तयार गर्ने प्रक्रिया अघि बढाउँदै सरोकारवालासँग राय तथा सुझाव मागेको छ।

राष्ट्र बैंकले असार १० गतेभित्र मौद्रिक नीतिसम्बन्धी सुझावहरू पेश गर्न आग्रह गरेको छ। प्राप्त सुझावलाई प्राथमिकतामा राखेर मौद्रिक नीति सार्वजनिक गरिने बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ। मौद्रिक नीतिमार्फत राष्ट्रको समष्टिगत आर्थिक अवस्थाको मूल्यांकन गरिनुका साथै मुद्रास्फीति, ब्याजदर, ऋण प्रवाह तथा वित्तीय स्थायित्व जस्ता विषयमा मार्गदर्शन गरिन्छ।

You might also like

Comments are closed.