काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता (लगानीयोग्य रकम) देखिएपछि आज फेरि २५ अर्ब रुपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकले आज साउन १४ गते दिउँसो ३ बजे यसका लागि निक्षेप संकलनको बोलकबोल आयोजना गर्ने जनाएको छ ।
बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा पैसा राख्न सक्नेछन्। इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले यस प्रक्रियामा भाग लिन सक्नेछन् ।
निक्षेप दिन चाहने संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणात्मक रकममा भाग गरी, कुल २५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन प्रक्रिया बहुब्याजदर प्रणालीमा हुनेछ, जसमा संस्थाहरूले विभिन्न ब्याजदरमा बोलकबोल गर्न पाउनेछन् ।
यो निक्षेप संकलन उपकरण ४२ दिन अवधिको हुनेछ। जसको साँवा तथा ब्याज भुक्तानी मिति आगामी भदौ २५ गते तोकिएको छ ।
लगातारको तरलता व्यवस्थापन प्रयासस्वरूप राष्ट्र बैंकले यसअघि पनि निक्षेप संकलन गर्दै आएको थियो । तरलता व्यवस्थापन गरी मौद्रिक नीति कार्यान्वयनलाई सन्तुलित बनाउने उद्देश्यसहित राष्ट्र बैंकले यस्ता कदमहरू चालेको हो ।
Comments are closed.