काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज फेरि ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकका अनुसार, यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ ।
बोलकबोल प्रक्रियामा सहभागी हुन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अबबैकिङ प्रणलीमा अत्याधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज फेरि ५० अर्ब रुपैयाँ खिच्ने भएके छ । राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे बोलकबोल गरिनेछ ।
बोलबोलकमा सहभागी हुन चाहार्ने क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तिय संस्थाले न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल निःशेष भागमा जाने गरी प्रस्ताव पेश गर्न सकिने जनाइएको छ । निक्षेप संकलन प्रक्रिया बहुब्याजदर प्रणालीमा आधारित हुनेछ, जसअनुसार वित्तीय संस्थाहरूले फरक–फरक ब्याजदरमा पनि प्रस्ताव गर्न सक्नेछन् ।
राष्ट्र बैंकले आजको बोलकबोल अन्तर्गत ४२ दिन अवधिको निक्षेप संकलन गर्नेछ। संकलित रकमको साँवा तथा ब्याज आगामी भदौ २९ गते भुक्तानी गरिनेछ। बढ्दो तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले यस्तो उपाय अवलम्बन गर्दै आएको हो, जसले बजारमा सन्तुलित ब्याजदर कायम राख्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
Comments are closed.