lcci festival

राष्ट्र बैंकले आज १० दिनका लागि ३५ अर्ब रुपैयाँ निक्षेप खिच्दै

काठमाडौं  । नेपाल राष्ट्र बैंकले आइतबार १० दिनका लागि ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बोलकबोल गरी निक्षेप खिच्न लागेको हो ।

हाल वित्तीय प्रणालीको कुल निक्षेप ७५ खर्ब रुपैयाँ नाघिसकेको छ । अधिक तरलता तथा ब्याजदर व्यवस्थापनका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।

बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । बोलकबोल अनलाइन खरिद प्रणालीमार्फत हुनेछ र ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण गरिनेछ । निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज आगामी २०८२ पुस ९ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । राष्ट्र बैंकले खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार दीर्घकालीन प्रकृतिको अधिक तरलता व्यवस्थापन गर्न आवश्यकताअनुसार निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको जनाएको छ ।

You might also like

Comments are closed.