काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा १ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रूपमा लगानी गर्न लागिएको हो । यसका लागि राष्ट्र बैंकले फागुन १३ गते राति ७ बजेसम्म बैंकहरूलाई ब्याजदर प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।
कुल रकममध्ये वाणिज्य बैंकमा सबैभन्दा बढी हिस्सा लगानी गरिनेछ भने राष्ट्रियस्तरका विकास बैंकमा १६ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपका रूपमा राखिने जनाइएको छ ।
यो लगानी सन् २०२६ फेब्रुअरी २७ देखि २०२७ फेब्रुअरी २७ सम्म ३६६ दिनका लागि रहने केन्द्रीय बैंकले जनाएको छ ।






Comments are closed.