काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कागजपत्र राम्रोसँग पढेर बुझेर मात्र हस्ताक्षर गर्न सर्वसाधारणलाई सचेत गराएको छ ।
वित्तीय साक्षरता बढाउने उद्देश्यले जारी सूचनामा बैंकले कुनै पनि वित्तीय कारोबार गर्दा वित्तीय सेवा प्रदायक र ग्राहक दुवै निश्चित सर्त तथा नियममा बाँधिएको उल्लेख गरेको छ । ती सर्तहरूको पालना गर्नु दुवै पक्षको कानुनी जिम्मेवारी हुने भएकाले हस्ताक्षर गर्नुअघि सबै विवरण राम्रोसँग पढ्न आग्रह गरिएको छ ।
राष्ट्र बैंकका अनुसार ग्राहकले कागजातका सर्तहरू नबुझेमा सेवा प्रदायकसँग प्रश्न सोधेर स्पष्ट बुझ्नुपर्छ र हस्ताक्षर गरिएको कागजको प्रति सुरक्षित राख्नुपर्छ ।
साथै ग्राहकलाई सर्तबारे प्रश्न सोध्ने अधिकार हुने र ती सर्त स्पष्ट रूपमा बुझाउने जिम्मेवारी वित्तीय सेवा प्रदायकको हुने पनि बैंकले जनाएको छ ।






Comments are closed.