राष्ट्र बैंकले २७ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ अर्ब २० करोड ३२ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले भोलि (सोमबार) उक्त ऋणपत्र बिक्री गर्न लागेको हो । ट्रेजरी बिल भोलि दिउँसो ३ बजे बोलकबोल भएर जेठ १० गते मंगलबार बिक्री हुनेछ ।

बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब, ९१ दिनको अवधिको लागि २ अर्ब २३ करोड ३२ लाख, १८२ दिनको अवधिको लागि १२ अर्ब ४७ करोड र ३६४ दिनको अवधिको लागि ७ अर्ब ५० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

जसमा २८ दिनको अवधिको लागि बिक्री गर्न लागिएको ५ अर्ब रूपैयाँ बराबरको बिल असार ७ गते परिपक्क हुनेछ भने, ९१ दिनको अवधिको लागि २ अर्ब २३ करोड ३२ लाख रूपैयाँ बराबरको बिल भदौ ७ गते, १८२ दिनको अवधिको लागि १२ अर्ब ४७ करोड रूपैयाँ बराबरको बिल मंसिर ६ गते र ३६४ दिनको अवधिको लागि ७ अर्ब ५० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल वि.सं २०८० साल जेठ ९ गते परिपक्क हुनेछ ।

You might also like

Comments are closed.