क्यासिनोले विदेशी मुद्रा कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत लिनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनो तथा यस्ता संस्थाहरूलाई विदेशी मुद्रा कारोबारका लागि अनिवार्य रूपमा इजाजत लिनुपर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ कि क्यासिनो, होटल वा अन्य कुनै संस्था विदेशी मुद्रा (Foreign Currency) मा कारोबार गर्न चाहने हो भने नेपाल राष्ट्र बैंकको अनुमति आवश्यक हुनेछ।

यो व्यवस्था विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ अनुसार गरिएको हो, जसमा विदेशी विनिमय कारोबारका लागि केन्द्रीय बैंकको इजाजत अनिवार्य रहने उल्लेख छ । राष्ट्र बैंकले हाल क्यासिनो व्यवसायहरूमा विदेशी ग्राहकहरूको बढ्दो उपस्थितिलाई ध्यानमा राख्दै विदेशी मुद्रा कारोबार नियमनमा कडाइ गर्ने उद्देश्यले यो सूचना जारी गरेको हो ।

“नेपालमा सञ्चालनमा रहेका क्यासिनो, होटल तथा अन्य सम्बन्धित संस्थाले विदेशी मुद्रा कारोबार गर्दा प्रचलित कानुनअनुसार नेपाल राष्ट्र बैंकबाट पूर्व–इजाजत लिनुपर्नेछ”, सूचनामा भनिएको छ ।

केन्द्रीय बैंकले बिना अनुमति विदेशी मुद्रा कारोबार भएमा कानुनी कारबाही हुने चेतावनी पनि दिएको छ।

638956965923208250

You might also like

Comments are closed.