राष्ट्र बैंकले थप्यो गभर्नरको लागि घर भाडा प्रस्ताव पेश गर्ने म्याद

काठमाडौं । जेनजी आन्दोलनमा घर जलेपछि नेपाल राष्ट्र बैंकले गभर्नर विश्वनाथ पौडेलका लागि नयाँ निवास भाडामा लिने सम्बन्धमा प्रस्ताव पेश गर्ने म्याद थप गरेको छ ।

यसअघि मिति २०८२ असोज १२ गते गोरखापत्र राष्ट्रिय दैनिक र बैंकको वेबसाइटमार्फत घर भाडा प्रस्ताव पेश गर्न आह्वान गरिएको थियो, जसको अन्तिम मिति २०८२ असोज २७ गते तोकिएको थियो ।

तर बडादशैं, तिहार तथा छठ पर्वका बिदालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले उक्त प्रस्ताव पेश गर्ने म्याद मिति २०८२ कार्तिक १६ गते कार्यालय समयसम्मका लागि थप गरेको जनाएको छ ।

बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, बालुवाटारले जारी गरेको सूचनामा इच्छुक व्यक्ति वा संस्थाले तोकिएको म्यादभित्र आवश्यक कागजातसहित प्रस्ताव पेश गर्न आग्रह गरिएको छ ।

You might also like

Comments are closed.