काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा आफ्नो उपचार गर्दा लागेको खर्च आफैं ब्यहोर्ने भएका छन् । राष्ट्रपतिको स्वकीय सचिवालयले राष्ट्रपतिले उपचारमा लागेको खर्च आफै ब्यहोर्न इच्छा राखेको जानकारी दिएको छ ।
राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले मंगलबार वक्तव्य निकालेर राष्ट्रपतिले उपचार खर्च आफैं ब्यहोर्न चाहेको जानकारी दिएका हुन् । स्वास्थ्यमा समस्या देखिए शुरुआती उपचार नेपालमै गराउका उनले डाक्टरको सिफारिसका भारत गएका थिए । गत वैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारतको राजधानी नयाँदिल्ली लगिएको थियो।
अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको उपचार गरिएको थियो । उपचारपछि राष्ट्रपति पौडेल वैशाख १७ गते स्वदेश फर्किएका थिए । उपचार खर्च आफै ब्यहोर्न कांग्रेस महामन्त्री गगन थापाले सुझाव सकेत दिएका थिए ।
Comments are closed.