राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेश

काठमाडौं । राष्ट्रिय सभामा “यौन अपराध विरुद्ध उजुरी हदम्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्वन्धमा” सङ्कल्प प्रस्ताव पेश भएको छ ।

सांसद् कमला पन्तले पेश गरेको सो संकल्प प्रस्तावमा सांसदहरु विमला राई पौड्याल, विमला घिमिरे, गङ्गाकुमारी बेल्वासे, प्रमिलाकुमारी, मदनकुमारी शाह, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखर कुमार सिंहले समर्थन गरेका थिए ।

प्रस्तावपछि छलफलमा भाग लिँदै सांसद सुरेशकुमार आलेले संकल्प प्रस्तावको समर्थन गर्दै अपराधको मुख्य कारण पत्ता लगाएर समाधान खोज्नुपर्नेमा जोड दिए । अर्का सांसद् भैरवसुन्दर श्रेष्ठले संविधानसँग बाझिएका ऐनहरु संशोधन गर्दै बाल यौन हिंसा जस्ता अपराधलाई जघन्य अपराधको रुपमा लिनुपर्ने बताए ।

jutta mela

सांसद सुमित्रा विसीले महिलाहरु आफ्नै घरभित्र असुरक्षित रहेको सन्र्दभ उल्लेख गर्दै बाल यौन हिंसाबारे कडा कानुनको व्यवस्था गर्नुपर्ने माग गरे । सांसद् गोमादेवी तिमिल्सिनाले अपराधी नछुट्ने र निर्दोष नफ्स्ने गरी यौन अपराध सम्बन्धी कानुनको संशोधन गर्नुपर्ने बताइन् ।

सांसदहरु दिलकुमारी रावल थापा, जयन्तीदेवी राई, उर्मिला अर्याल र नरपती लोहारले यौन अपराध विरुद्ध उजुरी हदम्याद हटाउनुपर्नेमा माग गरिन् ।

You might also like

Comments are closed.