काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै राजीनामा बुझाउने भएका छन् ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट बनेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार नै राजीनामा बुझाउने जानकारी दिएका हुन् ।आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
त्यस्तै,लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी (पासपोर्ट) लिएको स्वीकार गर्दै आफूले त्यसको दुरुपयोग नगरेको बताए ।उनले अमेरिकाबाट नेपाल बस्ने गरी फर्केपछि नेपालमा बसोबास गर्दा चाहिने कागजातहरु समेत बनाएको बताए ।
रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।
Comments are closed.