काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आरविवि महामेलाका विजेता सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ प्रवद्र्धनको लक्ष्यसहित २०७७ चैत ५ गतेदेखि २०७८ वैशाख ५ गतेसम्म बैंकले एफवान सफ्टको सहकार्यमा महामेला सञ्चालन गरेको थियो । उक्त अवधिमा मोबाइल बैंकिङबाट भएका ७३ हजार कारोबार मध्येबाट ‘र्यान्डम्ली’ छनौट गरी बुधबार एक कार्यक्रमबीच ९ जना विजयी सार्वजनिक गरिएको हो ।
नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ताहरु मध्येबाट स्वर्णिम पौडेलले थाइल्याण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज जित्न सफल भएका छन् । तुलाराज बोहोरा, प्रविण ओली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ ब्राण्डको एक÷एक थान मोबाइल फोन सेट पुरस्कार जितेका छन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा RBB Mobile Banking महामेला कार्यक्रम संचालन गरिरहेको छ । यसको लागि बैंकको मोबाइल बैंकिङबाट ग्राहकले कारोबार गर्नुपर्ने हुन्छ । राष्ट्रिय वाणिज्य बैंकसंग खाता खोली मोबाइल बैंकिङबाट डिजिटल कारोबार गर्दा छुट लगायत उपहार पाउने व्यवस्था गरिएको डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख ऋषिराम ढकालले जानकारी दिए ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, एफवान सफ्टका यस्मिन गौतम, अलिसा तन्डुकार लगायतको उपस्थिति थियो । हाल राष्ट्रिय वाणिज्य बैंकका १४ लाख भन्दा बढी मोबाइल बैंकिङका ग्राहक छन् ।
Comments are closed.