आरविवि म्युचुअल फण्ड १ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत संचालित पहिलोे बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजना प्रति इकाई रु. १०/- का दरले १२ करोड ५० लाख इकाई अर्थात .१ अर्व २५ करोड रुपैयाँ नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत प्रतिशत लगानी रहेको सहायक कम्पनीे आरविवि मर्चेन्ट बंैकिङ लि. रहेको छ ।

jutta mela

You might also like

Comments are closed.