राष्ट्रिय वाणिज्य बैंक क्युआर कोड र पिओएस मेसिन वितरणमा आक्रामक बन्दै

 

काठमाडौं । सरकारी स्वामित्वको बैंक राष्ट्रिय बाणिज्य बैंक लि.ले पछिल्लो समयमा क्युआर कोड र पिओएस मेसिन बितरणलाई तिब्रता दिएको छ । प्रविधिको क्षेत्रमा अग्रणी बन्दै गइरहेको राष्ट्रिय वाणिज्य बैंकले बजारमा छोटो समयमा धेरै ग्राहक बनाउन सफल भएको छ ।

कमिशन दर निकै थोरै रहेकाले पनि ग्राहकहरु राष्ट्रिय वाणिज्य बैंकप्रति आकर्षित देखिएको राष्ट्रिय बाणिज्य बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख ऋषिराम ढकाल बताउँछन् । आफ्ना सम्पूर्ण ग्राहकलाई समयमा नै सर्वशुलभ रुपमा यी सेवाहरु लिन नजिकको पायक पर्ने शाखा कार्यालयहरुमा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ ।

jutta mela

बैंकका देशभर रहेका २ सय ४७ वटै शाखा कार्यालयबाट यो सेवा लिन सकिने ढकालले जानकारी दिए । दीर्घकालसम्म सस्तो कमिशन दरमा यो सेवा दिने बैंकले जनाएको छ । ‘राष्ट्रिय वाणिज्य बैंकलाई प्रविधिमैत्री बनाउने अभियानमा हामीहरु छौं,’ उनले भने, ‘यो अभियानमा ग्राहक तथा सेवाग्राहीबाट साथ मिलिरहेको छ ।’

You might also like

Comments are closed.