‘होम लोन’मा राष्ट्रिय वाणिज्य बैंकको विशेष अफर, ७.२५ प्रतिशत ब्याजदरमै कर्जा प्रवाह

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निकै सस्तो ब्याजदरमा होम लोन दिने भएको छ । बैंकले ७.२५ प्रतिशत ब्याजदरमै कर्जा प्रवाह गर्ने योजना ल्याएको हो ।

कर्जाको अधिकतम सीमा १ करोड ५० लाख रुपैयाँ तोकिएको छ । घर कर्जा स्वाप गर्न, नयाँ घर निर्माण गर्न र नयाँ घर बनाउन यो सुविधा लिन सकिने बैंकले जनाएको छ ।

प्रक्रिया सुरु गरेको ७ दिनभित्र कर्जा प्रवाह गरिने बैंकले प्रतिबद्धता गरेको छ । कर्जाको अधिकतम अवधि २० वर्षको रहनेछ ।

You might also like

Comments are closed.