इपिएलको आधिकारिक वेभरेज पार्टनरमा आरसी कोला

काठमाडौं । शनिबारबाट काठमाडौंमा एभरेष्ट प्रिमियर लिग (इपिएल) हुँदैछ । नेपालको सबैभन्दा ठूलो खेलकुद कार्यक्रम मानिएको इपिएल प्रतियोगिताको आधिकारिक वेभरेज पार्टनरमा आरसी कोला आबद्ध भएको छ ।

‘इपिएलको आधिकारिक वेभरेज पार्टनर हुन पाउँदा गौरव महसुस गर्दछौं,’ कम्पनीले भनेको छ ।

अमेरिकी ब्रान्ड आरसी कोलालाई भेन्चुरा बोटलर्स प्रालिले नेपाली बजारमा बिक्री वितरण सुरू गरेको हो । मकवानपुरमा ५० करोड रूपैयाँ लगानीमा कम्पनीले प्लान्ट स्थापना गरेर उत्पादन गरिसकेको छ । उत्पादनहरु राजधानी काठमाडौंसहित देशभरको बजारमा पुगेको बताइएको छ ।

jutta mela

अत्याधुनिक प्रविधि सहितको प्लान्टबाट अमेरिकी स्तरको प्रकृयामा नेपाली पानीको समिश्रण गरि आरसी कोला उत्पादन सुरू भएको हो । सन् १९०५ देखि उत्पादन सुरु गरिएको अमेरिकी मौलिक सफ्ट पेय पदार्थ हो ‘आर सी कोला’ ।

You might also like

Comments are closed.