घटस्थापनाको बिदामा आरटीजीएस प्रणाली सञ्चालन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बडादसैंको पहिलो दिन घटस्थापनाको सार्वजनिक बिदामा पनि आरटीजीएस (Real Time Gross Settlement) प्रणाली सञ्चालनमा रहने जनाएको छ ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म यो प्रणाली सुचारु रहने उल्लेख गरिएको छ। केन्द्रीय बैंकले यसबारे बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक निर्देशनसमेत दिएको छ ।

यससँगै, दशैं बिदाका दिन पनि ठूलो परिमाणका रकम कारोबार गर्न सहज हुने भएको छ ।

You might also like

Comments are closed.