रियलमीको सबैभन्दा सुपथ मुल्यको 5G स्मार्टफोन 9i 5G नेपाली बजारमा

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सबैभन्दा सुपथ मुल्यको 5G स्मार्टफोन 9i 5G लन्च गरेको छ । यो स्मार्टफोनमा 2.4GHz को गतिमा सञ्चालन हुने अक्टा–कोर CPU रहेको छ । यसमा 5G नेटवर्कको 5G डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्छ ।

लन्चको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरील भने, “हामीले जहिले पनि प्रविधि र नयाँँ आविष्कारलाई सँग–सँगै राखी अगाडि बढिरहेका छौँ । हाम्रो मुख्य उद्धेश्य भनेको 5G लाई धेरै भन्दा धेरै उपभोक्तामा पु¥याउनु हो र यसै सिलसिलामा हामीले 9i 5G नेपाली बजारमा ल्याएका छौँ । हामीलाई आशा छ हाम्रा उपभोक्ताहरुले यो फोनमा भएको उत्कृष्ट फिचरस र डिजाईनकोे राम्रो अनुभव लिनुहुनेछ । अहिलेको नेपाली बजार हिस्सालाई कायम राख्दै नेपाली बजारमा १ करोड रियलमी स्मार्टफोन उपलव्ध गराउने हामीले लक्ष्य लिएका छौँ ।”

उनले भने, “५००० mAH को शक्तिशाली ब्याट्रि भएको यो फोनमा सुपर पावर सेभिङ मोड पनि रहेको छ । साथै यो सेगमेन्टकै सबैभन्दा ठुलो सेन्सर र ५० एमपिको अल्ट्रा HD प्राइमरी क्यामरा सहितको ५० एमपिको AI ट्रिपल क्यामरा रहेको छ । यसको साथै यसमा भएको डाइनामिक ¥याम एक्स्पान्सन टेक्नोलोजीले मेमोरी कार्डमा ३ जिबी सम्म भर्चुअल ¥याम थप्न मिल्छ । साथै यसको कपासिटिभ रिकग्निसन सिस्टम युक्त फास्ट साइड स्क्यानरले मात्र एक प्रेसमा फोन तुरुन्तै अनलक गर्छ ।”

रियलमी 9i 5G भदौ २८ गतेबाट दराज लगायत नेपालभरि रहेका रियलमीका १००० भन्दा बढी स्टोरहरुमा उपलब्ध हुनेछ । मेटालिक गोल्ड र रकिङ ब्ल्याक कलरमा पाइने उक्त फोनको मूल्य २९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.