काठमाडौं । रियलमीले नयाँँ पुस्ता अर्थात जेन–जिलाई लक्षित गरेर नेपालमा आफ्ना नयाँँ दुईवटा स्मार्टफोन मोडलहरु नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार एन सिरिजले विविधता, नयाँपन र असिमित सम्भावनाहरु जनाउँछ । कटिङ एज फिचरहरु, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सयुक्त यी फोनहरुले नेपाली नयाँँ पुस्ताको मन जित्ने आशा गरेको छ ।
लन्चमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिष गिरीले भने, “रियलमी नार्जो एन ५५ र एन ५३ सँगै नेपालमा स्मार्टफोनको नयाँ लाइनअप ल्याएको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको छ । नार्जो एन ५३ रियलमीको अहिले सम्मकै सबैभन्दा स्लिम एन्ट्री–लेभल अल राउन्डर हो । यो फोन जति स्लिम छ त्यति नै शक्तिशाली पनि छ । अर्कोतर्फ, रियलमी नार्जो एन ५५ ले नेक्स्ट–जेन पावरहाउसको रूपमा स्मार्टफोन अनुभवलाई अझ शान्दार बनाउँछ ।
यी दुई स्मार्टफोनहरुले आकर्षक फिचरहरु मात्र नभै सुपथ मुल्यमा नवीनतम प्रविधी प्रदान गर्ने रियलमीको प्रतिबद्धतालाई पनि मूर्त रूप दिन्छ । हामीलाई विश्वास छ कि हाम्रा नेपाली नयाँ पुस्ताले हामीलाई यी दुई स्मार्ट फोनहरु मन पराइदिनुहुनेछ । साथै निरन्तर सुधार गर्दै नयाँँ नयाँँ स्मार्टफोनहरु ल्याइराख्न हामीलाई हौसला दिनुहुने समस्त नेपाली उपभोक्ताहरुलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।”
७.४९ इन्चको अल्ट्रा स्लिम बडी भएको नार्जो एन ५३ अहिलेसम्मकै सबैभन्दा स्लिम एन्ट्री लेभल राउन्डर हो । सि –एङल बेजल डिजाइनको साथ आएको यो फोन समाउन र चलाउन अत्यन्तै सहज र हलुका छ । रियलमीको डाइनामिक ¥याम एक्स्पान्सन टेक्नोलोजीले फोनमा हुने मेमोरीको समस्यालाई पनि समाधान गरेको छ । यसको मतलब हो, फोनमा भएको ६ जिबि ¥यामलाई अर्को ६ जिबि सम्म बढाउन मिल्छ ।
६.७४ इन्चको मिनी ड्रप फुल स्क्रिन र ९०.३% को स्क्रिन–टु–बडी रेसियो भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्स्पिरियन्स प्रदान गर्दछ । यो डिस्प्लेमा ९० हर्जको रिफ्रेस रेट र फुलएचडि प्लस रेजोलुसन रहेको छ । जुन यो मुल्यमा उपलब्ध मोडलहरु मध्य सबैभन्दा धेरै हो । यसको ब्राइटनेस ४५० निटसको रहेको छ भने टच स्याम्प्लिङ् रेट १८० हर्ज रहेको छ । ३३ वाटको सुपर भोक चार्जिङ सहित आउने यो फोन यो सेग्मेन्टमै सबैभन्दा चाँडो चार्ज हुने क्षमता राख्दछ ।
यस फोनमा भएको शक्तिशाली ५० एमपिको एआइ क्यामराले डिटेल्ड र उच्च गुणस्तरका तस्विरहरु खिच्न सक्छ । यसमा नाइट मोड, पोर्ट«ेट मोड, एचडिआर, एआइ सिन रिकग्निसन र बोके इफेक्ट जस्ता मोडहरु रहेका छन् ।
रियलमी सि ५५ मा जस्तै यसमा पनि मिनी क्याप्सुल रहेको छ । यो मिनी क्याप्सुल आँफै स्क्रिनमा अडप्ट हुन्छ र यसमा ब्याट्रि स्टेटस, डाटा युजेज र स्टेप काउन्ट जस्ता नोटिफिकेसनहरु हेर्न मिल्छ ।
नार्जो एन ५५ नयाँँ पुस्ताको लागि पर्फेक्ट फोन हो । ३३ वाटको फास्ट चार्जिङ, ६४ एमपिको एआइ क्यामरा, मिडिया टेक हेलियो जि ८८ चिप सेट र १२ जिबि सम्मको डाइनामिक ¥याम र ९० हर्जको फुल एचडि प्लस डिस्प्ले जस्ता फिचरहरुले यो फोनलाई यस सेग्मेन्टको अन्य मोडलहरुको तुलनामा एक कदम अगाडि बनाएको छ ।
नार्जो एन ५५ मा मिडियाटेक हेलियो जि८८ चिप सेट रहेको छ जुन यो सेग्मेन्टमा हुने फोनहरुको लागि सबैभन्दा उच्च स्तरको हो ।
यो फोनमा सेन्ट्रल्ली लोकेटेड पन्च होलले गर्दा फुल स्क्रिन लुक र सिमेट्री एकदमै सुन्दर रहेको छ जुन नार्जो डिभाइसमै पहिलो रहेको बताइएको छ ।
नार्जो एन ५५ यो सेगमेन्टकै एक मात्र स्मार्टफोन हो जसमा ०.७ म्याक्रोमिटरको बिग पिक्सेल साइज र १÷२ इन्चको सेन्सर साइज युक्त ६४ एमपिको क्यामरा रहेको छ । यसमा २ एमपि रेजोलुसन युक्त ब्ल्याक एन्ड व्हाइट लेन्स भएको ८ एमपिको सेल्फी क्यामरा पनि रहेको छ । साथै यसमा बोके फ्लेयर पोर्ट«ेट, एआइ कलर पोर्ट«ेट र स्टारी मोडको साथै प्रो–लाइट इमेजिङ टेक्नोलोजी पनि रहेको छ ।
नार्जो एन ५५ सेग्मेन्टकै पहिलो स्मार्टफोन हो जसमा ३३ वाटको सुपरभोक चार्जिङ र ५००० एमएएच शक्तिशालि ब्याट्रि रहेको छ । जम्मा २९ मिनेटमै ५०% चार्ज हुने यो फोन फुल चार्ज हुन ६३ मिनेट लाग्छ ।
दुबै स्मार्टफोनहरू देशभरका अनलाइन र आधिकारिक विक्रेताहरू मार्फत उपलब्ध हुनेछन् । ४+६४ जीबी स्टोरेज क्षमता भएको नार्जो ५३ मोडलको मूल्य रु. १५ हजार ९ सय ९९ रुपैयाँ र ६+१२८ भेरियन्टको मूल्य रु. १८ हजार ९ सय ९९ रहेको छ । त्यसैगरी ४+६४ जीबी स्टोरेजसहितको नार्जो एन ५५ को मूल्य रु. २० हजार ४ सय ९९ र ६+१२८ भेरियन्टको मूल्य रु.२४ हजार ४ सय ९९ रहेको छ ।
नार्जो एन ५५ आकर्षक प्राइम ब्लु र प्राइम ब्ल्याकमा उपलब्ध छ भने एन ५३ फेदर गोल्ड र फेदर ब्ल्याकमा उपलब्ध छ ।
Comments are closed.