काठमाडौं । विश्वमै छिटो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीको नोट ७० मोडल नेपाली बजारमा उपलब्ध भएको छ। यस रियलमी नोट ७० मा ६३००mAh को शक्तिशाली ब्याट्री रहेको छ। मिलिटरी-ग्रेडको मजबुती र स्मार्ट फिचरहरू रहेको यस रियलमी नोट ७० ले युवाहरूको मन जित्ने विश्वास गरिएको छ।
एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चलाउन सकिने सुविधा यसमा रहेको कम्पनीले जानकारी दिएको छ । यसमा १५W को फास्ट चार्जिङ र ६W रिभर्स चार्जिङ सुविधा पनि भएकोले डाउनटाइम कम रहेको छ।
टिकाउपनका लागि नोट ७० मा मिलिटरी-ग्रेड मजबुती र आर्मरशेल प्रोटेक्सन रहेकोले यो फोन एकदम मजबूत भएको कम्पनीले जानकारी दिएको छ। १.८ मिटरसम्म बाट खस्दा पनि फोन सुरक्षित रहने कम्पनीले जानकारी दिएको छ। यसमा सोनिक वेभ इजेक्सन टेक्नोलोजी र IP५४ डस्ट एण्ड वाटर रेजिस्टेन्स पनि रहेको छ ।
डिजाइनमा पनि आकर्षक रहेको यस रियलमी नोट ७० मा ७.९४mm को अल्ट्रा-स्लिम बडी र २०१ ग्राम हलुका फ्रेम समावेश गरिएको छ, जसले शैली र टिकाउपनको सन्तुलन प्रदान गर्छ। ९०Hz को आइ कम्फर्ट डिस्प्लेले लामो समयसम्म प्रयोग गर्दा पनि आँखामा थकान कम गर्दै स्मूथ भिजुअल अनुभव दिने बताइएको छ ।
फोटोग्राफी प्रेमीका लागि १३MP AI क्यामेरा ले स्पष्ट फोटो खिच्न सहयोग गर्छ। युनिसोक T७२५० अक्टा-कोर चिपसेटले स्मूथ मल्टीटास्किङ र प्रदर्शन सुनिश्चित गर्छ भने, एआइ स्मार्ट एक्सपिरियन्स प्रयोगकर्ताको व्यवहार अनुसार इन्टरफेसलाई व्यक्तिगत र प्रभावकारी बनाउँछ।
मनोरञ्जनको लागि नोट ७० मा ३००५ अल्ट्रा बूम स्पिकर राखिएको छ जसले भिडियो, संगीत र गेमिङ अनुभवलाई अझ रमाइलो बनाउँछ।
पल्स लाइट फीचरले एक अलर्टमै नोटिफिकेसन हेर्न मिल्छ। नोटिफिकेशन हेर्ने तरिका नै बदल्छ—स्मार्ट र स्टाइलिश प्रकाशले प्रत्येक अलर्ट एक नजरमै देखाउन सहयोग पुर्याउँछ।
रियलमीको नोट ७० २ वटा स्टोरेज भेरियन्टमा बीच गोल्ड र अब्सिडियन ब्ल्याक जस्तोआकर्षक रंगमा नेपालभर उपलब्ध छ। ४ जीबीं ६४जीबीको मूल्य रु. १३ हजार ९ सय ९९ र ४ जीबीं १२८जीबी को मूल्य रु १४ हजार ९ सय ९९रहेको छ।
Comments are closed.