मिनी सडक महोत्सवमा पर्यटकको आकर्षण देखिनेछः रेवान अध्यक्ष भट्टराई

पोखरा । विश्व पर्यटन दिवस २०२३ को अवसरमा पोखरामा ‘मिनी सडक महोत्सव’ हुने भएको छ । रेवान पोखराको आयोजनामा २७ सेप्टेम्बर (असोज १०) बुधबार लेकसाइडमा कार्यक्रम हुन लागेको हो ।

बुधबार साँझ ४ बजेदेखि राति ११ बजेसम्म महोत्सव हुने रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले जानकारी दिए ।

महोत्सवमा आकर्षणमा विभिन्न स्वदेशी तथा विदेशी खानाको परिकार, सांस्कृतिक नृत्य कार्यक्रम, लाइभ ब्याण्ड, पञ्चे बाजा, पर्यटकीय बृतचित्रको प्रदर्शनी, गन्धर्ब गायन, सडकमा नै मनोरञ्जनात्मक कार्यक्रम लगायतका गतिविधि रहनेछन् ।

‘विश्व पर्यटन दिवसलाई मनाउने क्रममा आयोजित मिनी सडक महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण देखिनेमा हामी विश्वस्त छौं,’ अध्यक्ष भट्टराईले भने ।

You might also like

Comments are closed.