यस्ता छन् रेड्मी १२ सि का बिशेषता

काठमाडौं ।  नेपाली स्मार्ट फोन बजारमा उपलब्ध कम मुल्यका सेटहरु मध्य रेड मी १२ सि सबैभन्दा शक्तीशाली सेट हो ।

सुरुवाती मूल्य करिब रु. १३००० रहेको यस स्मार्टफोनले धेरै उत्कृष्ट सुविधाहरूका साथमा प्रयोगकर्ताहरुलाई प्रिमियम अनुभव प्रदान गर्दछ । रेड्मी १२सी को ३ जीबी +३२ जीबी भेरियन्टको प्रारम्भिक मूल्य मात्र रु. १३ हजार ४ सय ९९ रुपैयाँ रहेको छ । थप स्टोरेज चाहने ग्राहकहरुको लागि ४ जीबी + ६४जीबी भेरियन्ट मात्र रु १४ हजार ४ सय ९९. र ६ जीबी+१२८ जीबी भेरियन्ट मात्र रु. १६ हजार ९ सय९९ रुपैयाँ मा उपलब्ध छ ।

बेस भेरियन्टमा नै ग्राहकहरूले एकै साथ धेरै एपहरू बिना कुनै ल्याग, सहज मल्टिटास्किङ गर्न सक्नेछन् । साथै ६ जीबी+१२८ जीबी को भेरियन्टले एप्स, फोटो, भिडियोहरू र अन्य डेटा भण्डारण गर्न पर्याप्त स्पेस प्रदान गर्दछ ।

मेडियाटेक हेलिओ जी८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२सी ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । रेड्मी १२सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ । मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५,००० यमएच ब्याट्रीको साथमा ठूलो ६.७१” याच डी + डिस्प्ले रहेको छ ।

You might also like

Comments are closed.