काठमाडौं । शाओमी नेपालले “शाओमी महा फेस्टिवल” को अवसरमा आफ्नो लोकप्रिय स्मार्टफोन सिरिज रेड्मी नोट १४ मा मूल्य घटाएको छ । कम्पनीका अनुसार, यो अफरले नेपालभरका ग्राहकहरूलाई आफ्नो मनपर्ने स्मार्टफोनमा अपग्रेड गर्न थप आकर्षक अवसर प्रदान गरेको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीका अनुसार, रेड्मी नोट १४ सिरिजले नेपाली ग्राहकहरूको मनमा विशेष स्थान बनाएको छ । उनका अनुसार, मूल्यमा गरिएको यो नयाँ संशोधन कम्पनीको “उत्तम प्रविधि सबैका लागि” भन्ने वाचा पुनः दोहोर्याउने प्रयास हो । उनले भनेका छन् कि नयाँ मूल्यले सबैलाई सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव दिलाउनेछ, जसले गर्दा अझ धेरै प्रयोगकर्ताले फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको आनन्द लिन सक्नेछन् । साथै, कम्पनीले रेड्मी नोट १४ सिरिजलाई अझ सुलभ बनाउने लक्ष्य राखेको बताइएको छ, जसले गर्दा ग्राहकहरूले अझ कम मूल्यमा उत्कृष्ट डिजाइन र प्रदर्शनको अनुभव गर्न सक्नेछन् ।
कम्पनीका अनुसार, रेड्मी नोट १४ सिरिजको नयाँ मूल्य यसप्रकार निर्धारण गरिएको छ — रेड्मी नोट १४ (६जीबी+१२८जीबी) को मूल्य रु. २४,९९९ बाट घटाएर रु. २३,९९९ गरिएको छ । त्यस्तै, रेड्मी नोट १४ (८जीबी+२५६जीबी) को मूल्य रु. २७,९९९ बाट रु. २६,९९९, रेड्मी नोट १४ प्रो (८जीबी+२५६जीबी) को मूल्य रु. ३०,९९९ बाट रु. २९,९९९ र रेड्मी नोट १४ प्रो (१२जीबी+५१२जीबी) को मूल्य रु. ३५,९९९ बाट रु. ३४,९९९ मा झारिएको छ ।
आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र उन्नत क्यामेरा प्रणालीको संयोजनले रेड्मी नोट १४ सिरिज प्रयोगकर्ताहरूबीच लोकप्रिय बन्दै आएको कम्पनीले जनाएको छ । संशोधित मूल्यहरू २०८२ साल असोज ७ गतेदेखि (सेप्टेम्बर २३, २०२५) लागू भइसकेका छन् र यी स्मार्टफोनहरू नेपालभरका सबै शाओमीका अधिकृत बिक्रेता, खुद्रा विक्रेता तथा प्रमुख स्मार्टफोन स्टोरहरूमा उपलब्ध छन् ।
Comments are closed.