नेपालमा रेडमी नोट 15 5G सार्वजनिक

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi ले आफ्नो नयाँ स्मार्टफोन Redmi Note 15 5G नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन, शक्तिशाली ब्याट्री, उच्च प्रदर्शन र प्रिमियम फिचरसहित यो स्मार्टफोन प्रयोगकर्ताका लागि उत्कृष्ट विकल्प हुने कम्पनीले जनाएको छ ।

रेडमी नोट 15 5G तीन आकर्षक रंग—ब्ल्याक, ग्लेसियर ब्लू र मिस्ट पर्पलमा उपलब्ध रहेको छ । तीमध्ये मिस्ट पर्पल रंग प्रयोगकर्तामाझ सबैभन्दा लोकप्रिय हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । अल्ट्रा–स्लिम डिजाइनका कारण यो डिभाइस रेडमी सिरिजकै सबैभन्दा पातलो स्मार्टफोनमध्ये एक मानिएको छ । यसको हल्का र आकर्षक बनावटले प्रयोगमा सहजता र स्टाइल दुवै प्रदान गर्ने बताइएको छ।

यस स्मार्टफोनमा ५२०० mAh क्षमताको ब्याट्री रहेको छ, जसले लामो समयसम्म प्रयोग गर्न सकिने सुविधा दिन्छ । स्मार्ट चार्जिङ इन्जिन र ४५ वाट टर्बो चार्जिङको सहयोगले फोन छिट्टै फुल चार्ज हुने कम्पनीले जनाएको । एकपटक चार्ज गर्दा करिब २१ घण्टासम्म भिडियो प्ले वा १० घण्टासम्म भिडियो रेकर्ड गर्न सकिने दाबी गरिएको छ ।

फोनमा ६.६७ इन्चको AMOLED डिस्प्ले रहेको छ, जसमा उच्च ब्राइटनेस र स्पष्ट दृश्य अनुभव पाइन्छ । साथै ३८४० Hz PWM डिमिङ प्रविधिले आँखा सुरक्षित राख्न मद्दत गर्ने बताइएको छ । फोनमा शक्तिशाली प्रोसेसर र उच्च क्षमताको RAM सपोर्ट भएकाले स्मूद र छिटो प्रदर्शन प्राप्त हुने कम्पनीको दाबी छ ।

रेडमी नोट 15 5G मा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा–वाइड क्यामेरा र २० मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । एआई सपोर्ट र इमेज स्टेबलाइजेसन जस्ता फिचरले स्पष्ट र गुणस्तरीय फोटो तथा भिडियो खिच्न सहयोग गर्ने कम्पनीले जनाएको छ । साथै डुअल स्पिकर, एआई पोर्ट्रेट र डाइनामिक शट्स जस्ता फिचरले मनोरञ्जन अनुभवलाई अझ उत्कृष्ट बनाउने बताइएको छ ।

फोनमा इन–डिस्प्ले फिंगरप्रिन्ट र एआई फेस अनलक जस्ता सुरक्षा सुविधा उपलब्ध छन्। साथै ड्रप र वाटर–रेसिस्टेन्ट डिजाइन तथा Wet Touch Technology 2.0 को सहयोगले भिजेको स्क्रिनमा पनि सजिलै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

नेपाली बजारमा Redmi Note 15 5G दुई भेरियन्टमा उपलब्ध रहेको छ । १२GB RAM र ५१२GB स्टोरेज भएको मोडेलको मूल्य करिब रु ४६,९९९ र ८GB RAM तथा २५६GB स्टोरेज भएको मोडेलको मूल्य रु ३९,९९९ तोकिएको कम्पनीले जनाएको छ । यो स्मार्टफोन देशभरका आधिकारिक स्टोरहरूबाट खरिद गर्न सकिनेछ ।

You might also like

Comments are closed.