नेपालमा शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि-बुकिङ सुरु

काठमाडौं विश्व प्रसिद्ध टेक ब्रान्ड शाओमीले नेपाली बजारमा दुई नयाँ अत्याधुनिक ट्याब्लेट शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि–बुकिङ खुला गरेको छ। यी ट्याब्लेटहरू शक्तिशाली प्रोसेसर, उत्कृष्ट डिस्प्ले, लामो ब्याट्री आयु र नयाँ शाओमी हाइपरओएस प्रणालीसहित नेपाली प्रयोगकर्ताहरूको लागि अध्ययन, मनोरञ्जन र कार्यका लागि उत्कृष्ट उपकरणका रूपमा प्रस्तुत गरिएको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले ट्याब्लेट सार्वजनिक गर्दै भन्नुभयो, “यी ट्याब्लेटहरूले नेपाली उपभोक्ताहरूका लागि अत्याधुनिक प्रविधि ल्याउने शाओमीको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छन्। शाओमी प्याड ७ उत्कृष्ट प्रदर्शन खोज्ने उपभोक्ताका लागि लक्षित गरिएको छ भने रेड्मी प्याड २ सबैका लागि सुलभ बनाउने प्रयास हो।”

शाओमी प्याड ७: उत्कृष्ट प्रदर्शन र प्रिमियम डिजाइन

  • डिस्प्ले: ३.२के रिजोल्युसनसहित १४४ हर्ज रिफ्रेस रेट
  • प्रोसेसर: स्न्यापड्रागन® ७+ जेन ३ (४एनएम टेक्नोलोजी)
  • ब्याट्री: ८८५० एमएएच, ४५वाट फास्ट चार्जिङ (१०३ मिनेटमा फुल चार्ज)
  • क्यामेरा: १३MP ब्याक र ८MP फ्रन्ट
  • सफ्टवेयर: हाइपरओएस प्रणाली
  • स्टोरेज विकल्पहरू: ८GB+१२८GB (रु. ४४,९९९), ८GB+२५६GB (रु. ४९,९९९)
  • रङहरू: ग्रे, ग्रिन, ब्लु

रेड्मी प्याड २: सबैका लागि पहुँचयोग्य ट्याब्लेट

डिस्प्ले: ११ इन्च, २.५के रिजोल्युसन, ९० हर्ज रिफ्रेस रेट

प्रोसेसर: हेलिओ G९९ – अल्ट्रा प्रोसेसर (६एनएम टेक्नोलोजी)

ब्याट्री: ९००० एमएएच

स्टोरेज विकल्पहरू:

६GB+१२८GB (रु. २४,९९९)

८GB+२५६GB (रु. २९,९९९)

रङहरू: ग्राफाइट ग्रे, मिन्ट ग्रिन, ल्याभेन्डर पर्पल

डिजाइन: मेटल युनिबडी

साझा विशेषता:

  • स्पिकर: चारवटा स्पिकर डल्बी एटमस प्रविधिसहित
  • स्क्रिन सुरक्षा: टीयूभी रेहिइनल्याण्ड प्रमाणीकरण
  • कनेक्टिभिटी: शाओमीका सबै एमआई स्टोर, अधिकृत विक्रेता, दराज र हुकुट स्टोरहरूमा उपलब्ध

प्रि-बुकिङ अफर: असार ३२ सम्म

  • शाओमी प्याड ७ खरिदकर्ताले रु. ७,९९९ मूल्य बराबरको किबोर्ड वा फोकस पेन केवल रु. ५,९९९ मा प्राप्त गर्न सक्नेछन्
  • रेड्मी प्याड २ खरिदकर्तालाई निःशुल्क रेड्मी बड्स ५ए प्रदान गरिनेछ

शाओमीले नयाँ प्रविधिमा आधारित यस्ता उत्पादनहरू ल्याएर नेपाली उपभोक्तालाई गुणस्तरीय डिजिटल अनुभव दिने उद्देश्य राखेको छ। प्रि-बुकिङ अवधिमा यी ट्याब्लेटहरूमा सीमित अवधिको लागि विशेष लाभ लिन सकिनेछ।

You might also like

Comments are closed.