अर्थतन्त्रको दबाबबीच बैंकिङ क्षेत्रमा सुधार : निक्षेप संकलनमा यी बैंक अगाडि

काठमाडौं । देशको समग्र अर्थतन्त्र अझै पनि अस्थिर र चुनौतीपूर्ण अवस्थामा रहे पनि बैंकिङ क्षेत्रमा भने क्रमिक सुधारको संकेत देखिएको छ । नेपाल बैंकर्स संघबाट प्राप्त तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म वाणिज्य बैंकहरूले दोहोरो अंकमा निक्षेप संकलन वृद्धि गरेका छन् । अघिल्लो वर्षको तुलनामा १३.४८ प्रतिशतले वृद्धि भई कुल निक्षेप ६५ खर्ब ३० अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।

यस समीक्षाअवधिमा व्यवसाय विस्तारका हिसाबले केही बैंकहरू निकै आक्रामक देखिएका छन्। सर्वाधिक निक्षेप वृद्धि गर्न सफल ग्लोबल आइएमई बैंक एक वर्षमै ७० अर्ब १६ करोड रुपैयाँ थप निक्षेप संकलन गर्दै ५ खर्ब ७५ अर्ब ५ करोड रुपैयाँमा पुगेको छ । त्यस्तै, नबिल बैंकको निक्षेप ५ खर्ब ३२ अर्ब २४ करोड रुपैयाँ पुग्दै १३.५४ प्रतिशतले वृद्धि भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ६९ अर्ब ४९ करोड रुपैयाँ निक्षेप बढाएर ४ खर्ब ७६ अर्ब २९ करोड पुर्‍याएको छ भने एभरेष्ट बैंकको निक्षेप ६७ अर्ब ८५ करोड रुपैयाँले वृद्धि भई ३ खर्ब १ अर्ब १४ करोड रुपैयाँमा पुगेको छ।

यी बैंकहरू निक्षेप संकलनमा मात्र होइन, व्यवसाय विस्तारमा पनि अग्रसर देखिएका छन्। निक्षेप वृद्धि, ग्राहक पहुँच, सेवा विस्तारजस्ता सूचकहरूका आधारमा हेर्दा ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा र एभरेष्ट बैंक व्यवसाय विस्तारमा सबैभन्दा एग्रेसिभ देखिएका बैंकहरू हुन् । आर्थिक मन्दीबीच देखिएको यस्तो सकारात्मक संकेतले बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा थप बढ्ने र समग्र अर्थतन्त्रलाई गति दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.