सरकार संघीयताको मर्मअनुरुप सञ्चार सम्बन्धी कानून परिमार्जन गर्न लागि परेको छ : सञ्चारमन्त्री

काठमाठौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमा संघीयताको मर्म अनुरुप स्थानीय तहसम्म नै अनुभुति हुनेगरी कानूनहरुमा संशोधन परिमार्जनमा सरकार लागि परेको बताएकी छन् ।

आइतबार राष्ट्रिय समाचार समितिको ६२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरोकारवालाहरुसँग सहकार्य गर्दै संघीयताको मर्म र भावना अनुरुप स्थानीय तहसम्म नै अनुभुति हुनेगरी कानूनहरुमा संशोधन गरी नयाँ कानून एवम नयाँ कानून बनाई समसामयीक सुधार गर्न सरकार लागि परेको बताएकी हुन्।

यस्तै मन्त्री शर्माले नेपाली सञ्चार क्षेत्रमा देखिएका मिथ्या सूचनाको प्रवाह गर्ने तथा सामाजिक दोष फैलाउनेलाई नियन्त्रण गर्न सञ्चार सबै पक्षहरुको सकारात्मक सहयोग गर्न आह्वान गर्न समेत गरेकी छन् ।

मन्त्री  शर्माले भनिन्, ‘सरकारले सञ्चार माध्यमका सम्पूर्ण सरोकारवालाहरुसँग सहकार्य गर्दै संघीयताको मर्म र भावनामा अनुरुप स्थानीय तहसम्म नै अनुभुति हुनेगरी कानूनहरुमा संशोधन परिमार्जन एवम नयाँ कानून बनाई समसामयीक सुधार गर्न लागिपरेको छ। नेपाली सञ्चार क्षेत्रमा देखिएका मिथ्या सूचनाको प्रवाह गर्ने तथा सामाजिक दोष फैलाउनेलाई नियन्त्रण गर्न सञ्चार सबै पक्षहरुको सकारात्मक सहयोग गर्न आह्वान गर्न चाहन्छु।’

त्यस्तै,उनले सरकारले आम सञ्चारसँग सम्बन्धित ऐन,कानूनहरुलाई संशोधन ,परिमार्जन र आवश्यक नयाँ कानून बनाएर सञ्चार क्षेत्रका समसामयीक सुधार गर्ने बताइन् । मन्त्री शर्माले पछिल्लो समय गलत समाचार प्रवाहलाई नियन्त्रण गर्न आवश्यक रहेको समेत बताइन् ।

You might also like

Comments are closed.