काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सेयर निष्काशन गर्न लागेको बताइएको छ ।
लगानीकर्ताले आवेदन आगामी साउन २३ गतेदेखि २६ गतेसम्म दिन सक्नेछन् । तोकिएको सो अवधिमा आवेदन नपरेको खण्डमा भने भदौ ५ गतेसम्म समयावधि लम्बिनेछ ।
आइपीओमा न्युनतम १० कित्ता र अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । । १० कित्ता सेयर भर्नका लागि २ हजार ५७० रुपैयाँ आवस्यक पर्छ ।
Comments are closed.