काठमाडौं । नेपाल राष्ट्र बैकबाट ‘ग‘ बर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरी २०६६ साल मंसिर १८ गतेबाट कारोबार शुरु गर्दै आएको रिलायन्स फाईनान्स लि. १३ औं वर्षमा प्रवेश गरेको छ ।
काठमाडौं महानगरपािलका २८ प्रदशनीमार्गमा मुख्य शाखा कार्यालय र न्यूरोडकाठमाडौं, सितापाईला काठमाडौं, ईमाडोल ललितपुर, नारायणघाट चितवन, टाँडी चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, गोरखा बजार गोरखा, चारआली झापा,, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, मणीग्राम रुपन्देही, भैरहवा रुपन्देही, धनगढी कैलाली, अत्तरीया कैलाली, महेन्द्रनगर कन्चनपुर र कोहलपुर बाँकेमा शाखा सहित २० वटा शाखा कार्यालयहरुले सेवा पु¥याउदै आएको छ ।
वार्षिकोत्सवको अवसरमाफाइनान्सले “संस्थागत सामाजिक उत्तरदायित्व” अन्तर्गत विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरुको लागि सहयोग गरि सामाजिक कार्यमा सहभागिता जनाउने क्रममाशनिबार सलम्बुटार, साँखु, काठमाण्डौ स्थित द्धन्द पीडित तथा अपाङ्ग समाज–नेपालमा आश्रित गरिब तथा निमुखा घरबार विहीन सुस्त मनस्थिती भएका बालबालिकाहरुलाई आवश्यक पर्ने औषधी सामग्रीहरु तथा संगम चोक बानेश्वर स्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न वितरण गरेको छ । साथै बार्षिकोत्सबको उपलक्ष्यमा यस संस्थाका सम्पूर्ण शाखा कार्यालयहरुले “संस्थागत सामाजिक उत्तरदायित्व” अन्र्तगत विभिन्न सघं संस्थाहरुलाई सहयोग गरेका छन् ।
उक्त कार्यक्रममा रिलायन्स फाइनान्स लि. का अध्यक्ष कुश प्रसाद मल्ली, संचालक सुरकृष्ण बैद्य, संचालक रवि कृष्ण श्रेष्ठ, संचालक उपेन्द्र बहादुर कार्की, संचालक तुल्सी प्रसाद बराल, संस्थाका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र उप प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरुलाईMobile Banking मार्फत विभिन्न भुक्तानी सेवा, STC NETWORK ATM, विभिन्न रेमिटेन्स सेवाहरु , (C–ASBA) , IPS , Connect IPS ;]jf, ABBS ;]jf, Electronic Cheque Clearing (ECC) , Mobile Banking, SCT MoCo (Sajilo Payments, Sajilo Life apps) समेतका अत्याधुनिक प्रविधिका सेवा प्रदान गर्दे आएको छ ।
Comments are closed.