रिलायन्स फाइनान्सको वार्षिकोत्सवमा औषधी वितरण

काठमाडौं । राष्ट्रियस्तरको रिलायन्स फाइनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै निःशुल्क औषधी वितरण गरेको छ । फाइनान्सको ११औं वार्षिकोत्सवको सन्दर्भमा फाइनान्सले बिहीबार काठमाडौंको सलम्बुटार साँखुस्थित द्वन्द पीडित तथा अपाङ्ग समाज–नेपालमा आश्रित गरिब, विपन्न तथा घरबार बिहीन सुस्त मनस्थिति भएका बालबालिकालाई औषधी वितरण गरेको हो ।

कम्पनीका अध्यक्ष कुशप्रसाद मल्ली, संचालक सुरकृष्ण बैद्य, संचालक रवि कृष्ण श्रेष्ठ, संचालक उपेन्द्र बहादुर कार्की, संचालक तुल्सी प्रसाद बराल, प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ, उपप्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ लगायतको उपस्थितिमा औषधी वितरण गरिएको हो ।

फाइनान्सले ११औं वार्षिकोत्सवकै अवसरमा माइती नेपाललाई पनि सहयोग गरेको छ । फाइनान्सले माइती नेपाललाई बिहीबार एक कार्यक्रमबीच ब्लाङकेट लगायत जाडो मौषममा प्रयोग हुने न्यायो कपडा सहयोग गरेको हो ।

jutta mela

यसैबीच, फाइनान्सले बिहीबार एकैदिन १० वटा नयाँ शाखाको उद्घाटन गरेको छ । फाइनान्सले बिहीबार ११औं वार्षिकोत्सवको सन्दर्भ पारेर १० वटा शाखा एकैदिन उद्घाटन गरेको हो ।

मुख्य कार्यालयसहित अब फाइनान्सको शाखा संख्या २१ पुगेको छ । ८३ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको निक्षेप ५ अर्ब ६० करोड रुपैयाँ र कर्जा लगानी ४ अर्ब २० करोड रुपैयाँ छ । समय सापेक्ष रुपमा फाइनान्सलाई प्रविधिमैत्री बनाउँदै आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

रिलायन्स फाइनान्स १२औं वर्षमा प्रवेश, वार्षिकोत्सवमा माइती नेपाललाई सहयोग

रिलायन्स फाइनान्सद्वारा एकैदिन १० शाखाको उद्घाटन

 

 

You might also like

Comments are closed.