रिलायन्स फाइनान्सद्वारा एकैदिन १० शाखाको उद्घाटन

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले एकैदिन १० वटा नयाँ शाखाको उद्घाटन गरेको छ । फाइनान्सले बिहीबार ११औं वार्षिकोत्सवको सन्दर्भ पारेर १० वटा शाखा एकैदिन उद्घाटन गरेको हो ।

सितापाइला काठमाडौं, धनगढी, महेन्द्रनगर, कोहलपुर, अत्तरिया, दमक, विर्तामोडा, धुलाबारी, टाडी र भैरहवामा एक साथ शाखा उद्घाटन गरिएको हो । कोभिड–१९ को महामारीको प्रकोपलाई मध्यनजर गरी भर्चुअल माध्यमबाट मुख्य कार्यालय प्रदर्शनी काठमाडौंबाट शाखाहरुको एकसाथ उद्घाटन गरिएको प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले जानकारी दिए ।

मुख्य कार्यालयसहित अब फाइनान्सको शाखा संख्या २१ पुगेको छ । ८३ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको निक्षेप ५ अर्ब ६० करोड रुपैयाँ र कर्जा लगानी ४ अर्ब २० करोड रुपैयाँ छ । समय सापेक्ष रुपमा फाइनान्सलाई प्रविधिमैत्री बनाउँदै आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

jutta mela

यसैबीच, ११औं वार्षिकोत्सवको अवसरमा फाइनान्सले माइती नेपाललाई सहयोग गरेको छ । फाइनान्सले माइती नेपाललाई बिहीबार एक कार्यक्रमबीच ब्लाङकेट लगायत जाडो मौषममा प्रयोग हुने न्यायो कपडा सहयोग गरेको हो ।

र यो पनि, रिलायन्स फाइनान्स १२औं वर्षमा प्रवेश, वार्षिकोत्सवमा माइती नेपाललाई सहयोग

You might also like

Comments are closed.