पोखरामा रेनल्ट कार्निभल

पोखरा । रेनोको नेपालकालागि आधिकारिक वितरक एडभान्स अटोमोवाइल्सले प्रा.लिले एक्सचेन्ज कार्निभल शुरु गरेको छ । पुष ४ गतेदेखी ८ गतेसम्म संचालन हुने कार्निभल रेनो पोखरास्थित आधिकारिक सोरुम जोन्छे ट्रेर्डसमा हुनेछ ।

उक्त कार्निभलमा रेनोको क्विड तथा ट्राइवर मोडलसँग एक्सचेन्जको सुविधा उपलब्ध गराइएको बताइएको छ । अफर अन्तर्गत रेनो क्बिड वा ट्राइवर एक्सचेन्ज वा खरिदमा स्पट एक्सचेन्ज र भ्यालुएसनको सुविधापनि रहेको छ । रेनोका ग्राहकले फ्रि चेकअप र कार वास पनि गराउन सक्नेछन् ।
कार्निभलमा ग्राहकले हरेक टेष्ट ड्राइभमा गिफ्ट ह्याम्पर पाउनुका साथै बिशेष नगद छुट पनि पाउनेछन् । कार्निभलमा फुड स्टल र रिफ्रेसमेन्टको सुविधा पनि छ ।
एडभान्स अटोमोवाइल्स प्रा.लिका जनरल म्यानेजर अधिरकुमार श्रेष्ठले भने, ‘रेनोले नेपाली ग्राहकका लागि नेपालका विभिन्न शहरमा यस्ता योजना आयोजना गर्दै आइरहेको छ । हामी ग्राहकलाई उच्च गुणस्तरिय सेवा दिन प्रतिवद्ध छौं ।’

जोन्छे ट्रेडर्सका निर्देशक नुरज बाटाजुले भने अहिले भईरहेका कार्निभलले पोखराका ग्राहकलाई एक्सचेन्ज सुविधा र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने अवसर प्रदान गरेको छ । भविष्यमा पनि यस्ता कार्यक्रम संचालन गरिने निर्देशक अनिल मल्लले बताए ।

एडभान्स अटोमोवाइल्स प्रा.लिका सेल्स नेटवर्क प्रमुख विपुल भट्टराइका अनुशार रेनोले ग्राहकको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना संचालन गर्दै आइरहेको छ ।

 

You might also like

Comments are closed.