रेनो डस्टरको ब्रान्ड एम्बेसडर नायिका प्रियंका कार्की

काठमाडौं । रेनो डस्टरको ब्रान्ड एम्बेसडर नायिका प्रियंका कार्की गाडीको ब्रान्ड प्रवद्र्धन कार्यमा संलग्न भएकी छिन् । रेनो गाडीको काठमाडौं र भक्तपुरका लागि आधिकारिक डिलर जी मोटर्स प्रालि र नायिका कार्कीबीच यस सम्बन्धी ब्रान्ड इन्डोर्समेन्ट सम्पन्न भएको छ ।

सम्झौता बमोजिम नायिका कार्कीले ४ वर्षसम्म जी मोटर्सका प्रोडक्टको क्रस प्रमोसन गर्ने छिन् । साथै उनको फेसबुक र इन्स्टाबाट पनि यस सम्बन्धी प्रमोसनल कार्य गर्ने छिन् ।

जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले ‘यो एकदम खुशीको क्षण रहेको बताए । हामीले हाम्रा स्टार नायिकासँग ब्रान्ड प्रमोसनको सम्झौता गर्न पाउँदा नेपाली चलचित्र क्षेत्रले पनि प्रगति गरेको आभास भएको छ ।’

jutta mela

चाँडै नै नेपाली बजारमा रेनो सब कम्प्याक्ट जिप किगर पनि उपलब्ध हुनेछ र किगरको प्रमोसन समेत नायिका कार्कीले गर्ने छिन् ।

जी मोटर्स प्रालि अटोमोबाइल व्यवसायमा विगत १५ बर्ष देखि अनुभवी र विशेष दखल भएका व्यवसायी कैलाश बाबु गेलालले नेतृत्व गरेको संस्था हो । हाल जी मोटर्सका नेपाल भरी ४ वटा शाखा छन् र हजारौँ ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.