पर्यटन व्यवसायमा महिला सहभागिता बढ्दो छ: थापा (अन्तर्वार्ता)

रेनु थापा मगर
अध्यक्ष, पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)को हालै सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले रेनु थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पर्यटन व्यवसायमा महिलाको अवस्था, चुनौती र समस्याका वारेमा नवनिर्वाचित अध्यक्ष थापासँग आर्थिक आवाजले गरेका कुराकानी यहाँ प्रस्तुत छ:

पर्यटन व्यवसायी महिला संघ नेपालको (टेवान) कस्तो संस्था हो ?
पर्यटन व्यवसायमा आवद्ध महिलाहरुको एक्यवद्धता जनाउने संस्था हो टेवान । धेरै पर्यटन व्यवसायी महिला यसमा आवद्ध हुनुहुन्छ । यसको स्थापना २०७५ साल भदौ ३ गते भएको हो ।

jutta mela

पर्यटन व्यवसायमा आवद्ध महिलाका चुनौती कस्ता छन्?
यस क्षेत्रमा लाग्ने महिलाको चुनौती धेरै छन् । चुनौतीका बाबजुत पनि पर्यटन क्षेत्रमा केही गर्नुपर्छ भन्ने उदेश्यका साथ महिलाहरु लागिरहनु भएको छ जुन सकारात्मक कुरा हो । महिलाको सहभागिता बढिरहेको छ । आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचाईका साथ महिला अगाडी बढ्नुभएको छ । आर्थिक क्षेत्रलाई पनि चलायमान यसले बनाएको छ ।

कोरोना महामारीका कारण झनै चुनौती थपिएको छ । बैंक तथा वित्तीय संस्थाले पनि खासै सहयोग नगरेको अवस्था छ । महिलालाई व्यवासयमा लाग्न यसैपनि चुनौति छ । चुनौतिका बावजुद पनि लागिरहेको अवस्थामा आर्थिक भार परेको छ । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्था र राज्य बाट पनि खासै पहल भएको देखिदैन । सहुलियत ऋण छ भनिन्छ तर कार्यन्वयन भएको देखिदैन ।

पर्यटन प्रवद्र्धनमा टेवानको भुमिका कस्तो छ ?
पर्यटन प्रवद्र्धनमा पनि टेवानको भुमिका महत्वपुर्ण छ भन्ने मलाई लाग्छ । बार्षिक कार्ययोजनामा पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम समेट्दै आइरहेको छ । ग्रामिण क्षेत्रमा सुस्ताएको पर्यटनलाई प्रवद्र्धन गर्ने कार्यक्रम पनि आईरहेको  छ । होम स्टे कसरी संचालन भएका छन् के कुराको आवस्यकता छ सोही अनुशार ज्ञान तथा सिप र विभिन्न तालिम प्रदान गर्दै आईरहेको छ । कोरोना महामारीका कारण अहिले पर्यटन क्षेत्र सुस्ताएको छ । यस क्षेत्रलाई चलायमान बनाउनका लागि स्वास्थ्य सुरक्षाका प्रोटोकल तथा अपनाउनुपर्ने सावधानीका वारेमा पनि ज्ञान दिएर खोल्न प्रेरित गर्ने योजना बनाएका छौं । विभिन्न स्थानमा प्रवद्र्धनात्मक भ्रमण पनि गर्दै आईरहेका छौं । पर्यटन प्रवद्र्धनका लागि हुने विभिन्न् कार्यक्रममा टेवानको सक्रिय सहभागिता रहदैआएको छ ।

कोरोना महामारीका कारण कतिपय पर्यटन व्यवसायी महिला विस्थापित भएको अवस्था छ के भन्नुहुन्छ ?
कोरोना महामारीका कारण विभिन्न समस्या सृजना भएर कतिपय व्यवसायी विस्थापित हुने अवस्थामा हुनुहुन्छ भने कतिपय विस्थापित भईसक्नुभएको छ । पर्यटन व्यवसायीलाई घरभाडा तिर्न समस्या भएको छ । भाडा महंगो भएको र छुट नभएका कारण यस्तो समस्या आएको हो । भाडा तिर्न सक्ने अवस्था नभएका कारण सामान घरमा लगेर राख्नुभएको छ । सहज परिस्थिती भएमा व्यवसायमा फर्कने मनसाय वहाँहरुको छ । वहाँहरुलाई व्यवसायमा फर्कने वातावरण बनाउनेतर्फ पनि हामी लाग्नेछौं । छिट्टै नै सहज वातावरण बन्ने छ र वहाँहरु व्यवसायमा फर्कनुहुनेछ भन्ने मलाई लाग्छ ।

टेवानले पर्यटन व्यवसाय सँग आवद्ध अन्य संस्था सँग कसरी सहकार्य गरेको छ ?
अन्य संघ संस्था सँग समन्वय तथा सहकार्य गरेर नै हामी अगाडी बढिरहेका छौं । अन्य संघसस्था सँग हातेमालो गरेर अगाडी बढिरहेका छौं । एकले अर्कोलाई सहयोग गरिरहेका छौं । अन्य संस्थाले महिला व्यजसायीलाई प्रेरणा प्रदान गर्नुहुन्छ तथा आवस्यक सहयोग गर्नुहुन्छ । समय समयमा हामीलाई गाइड गर्नुहुन्छ । सवै सँग मिलेर नै हामी अगाडी बढिरहेका छौं ।

प्रस्तुती : रविना ढकाल

You might also like

Comments are closed.