अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले जारी गरेको सूचनामा वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौं, पोखरा, विराटनगरलगायत तराईका विभिन्न क्षेत्रको हावामा हानिकारक पर्टिकुलेट म्याटर (PM 2.5) को मात्रा निकै बढेको छ ।

डा. बुढाथोकीले भने, “श्वासप्रश्वास र छालाको माध्यमबाट शरीरभित्र प्रवेश गर्ने यी सुक्ष्म र हानिकारक कणहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्छन्। जनस्वास्थ्यको रक्षा गर्न सबैले आवश्यक सतर्कता अपनाउनुपर्छ ।”

You might also like

Comments are closed.