काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ।
समितिका संयोजक राजुप्रसाद चापागाईंले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिवेदन सार्वजनिक गरी पीडित समुदाय, नागरिक समाज र मिडियासहित आम नागरिकलाई सूचित गर्न सरकारलाई आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने कुरा सरकारको तजबिजको विषय होइन, प्रतिवेदनबारे जानकारी पाउने आम नागरिकको संविधानप्रदत्त अधिकार हो। सरकारको दायित्व छ कि छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक जानकारीमा ल्याओस् ।”





Comments are closed.