त्रिभुवन विमानस्थल भन्सारद्वारा १२ अर्ब भन्सार राजस्व संकलन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले राजस्व लक्ष्यअनुसार उठाउन सकेको छैन् । भन्सार कार्यालयले  चालु आर्थिक वर्षको ८ महिनामा करिब १२ अर्ब भन्सार राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ५२ दशमलव ०२ प्रतिशत हो ।

विमानस्थल भन्सार कार्यालयले चालु आवको फागुनसम्म १९ अर्ब ९५ करोड ५१ लाख ८१ हजार भन्सार उठाउने लक्ष्य लिएकोमा सो अवधिमा रू ११ अर्ब ७७ करोड ६६ लाख ३८ हजार ३४ बराबर राजस्व संकलन गरेको हो । कार्यालयले चालु आवमा ३० अर्ब ७२ करोड ३५ लाख ३२ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य लिएको छ ।

फागुनमा मात्रै रू २ अर्ब ७३ करोड ५० लाख ६४ हजार बराबर राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा रू १ अर्ब ७२ करोड ९४ लाख ४४ हजार मात्रै संकलन भएको कार्यालयको भनाइ छ । फागुनमा संकलन भएको राजस्व लक्ष्य ६३ दशमलव २३ प्रतिशत

jutta mela

समीक्षा अवधिमा कार्यालयले सबैभन्दा बढी राजस्व मूल्य अभिवृद्धिकर शीर्षकमा उठाएको छ । उक्त शीर्षकमा कार्यालयले रू ५ अर्ब ९१ करोड ९६ लाख ५५ हजार बराबर राजस्व उठाएको छ । साथै पैठारी (विदेशी वस्तुको आयात) शीर्षकमा रू ४ अर्ब ६० करोड २४ लाख ४८ हजार र अन्तःशुल्क शीर्षकमा रू १ अर्ब १९ करोड २५ लाख ५७ हजार संकलन गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतम पछिल्लो समय व्यवसायीले आयातमा चासो नदेखाउँदा भन्सार राजस्व संकलन कमी आएको बताए । उनका अनुसार सरकारले विभिन्न वस्तुको आयातमा गरेको कडाइ, तरलता अभाव लगायतका कारण पछिल्लो समय भन्सार राजस्व घटेको हो ।

You might also like

Comments are closed.