२६३औँ सेना दिवसमा रेबान पोखराका निवर्तमान अध्यक्ष भट्टराई सम्मानित

पोखरा । महाशिवरात्रि तथा नेपाली सेनाको २६३औँ सेना दिवसको अवसरमा आयोजित विशेष समारोहमा रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान)  पोखराका निवर्तमान अध्यक्ष नरेश भट्टराई ‘प्रधान सेनापति ट्रफी–२०८२’ बाट सम्मानित भएका छन् । विभिन्न खेललाई अनुशासित तथा व्यावसायिक रूपमा सञ्चालन गर्न सहयोग पुर्‍याएको योगदानको कदरस्वरूप सम्मानित भएका हुन् ।

उनलाई नेपाली सेनाका प्रधानसेनापतिबाट “COAS Commendation Badge” प्रदान गरिएको हो । सो सम्मानले खेलकुद क्षेत्रको प्रवर्द्धन, व्यवस्थापन तथा अनुशासन कायम गर्न भट्टराईले खेलेको सक्रिय भूमिकाको औपचारिक कदर गरेको छ ।

रेबान पोखरा परिवारले पनि उक्त सम्मानप्रति गर्व व्यक्त गर्दै भट्टराईलाई बधाई दिएका छन् ।  स्थानीय स्तरमा खेलकुद तथा सामाजिक गतिविधिमा निरन्तर संलग्न रहँदै आएका भट्टराईको यो सम्मानले निजी क्षेत्र र सुरक्षाङ्गबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ । भट्टराई माउन्ट कैलाश रिर्सोट पोखराका सन्चालक समेत हुन् ।

You might also like

Comments are closed.