रिड्डारा आर डी-६ अब मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमै, आकर्षक अफरसहित उपलब्ध

काठमाडौं । सिजी मोटर्सले Geely Auto Group सँगको सहकार्यमा नेपालमा विद्युतीय सवारी साधनको पहुँचलाई अझ विस्तार गर्ने उद्देश्यका साथ Riddara RD6 पिकअपको नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले अब ग्राहकहरूलाई केवल रु. ९.९९ लाख डाउन पेमेन्टमै यो अत्याधुनिक इलेक्ट्रिक पिकअप उपलब्ध गराउने योजना ल्याएको हो ।

Geely को MAP प्लेटफर्ममा आधारित Riddara RD6 मा ६३ kWh क्षमताको ब्याट्री, २०० kW पावर र ३८५ Nm टर्क उत्पादन गर्ने सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको छ । यसले एकपटकको पूरै चार्जमा ३७७ किलोमिटर (NEDC) सम्मको दूरी तय गर्न सक्छ । नेपाली भूगोललाई ध्यानमा राखेर यसमा Independent Suspension जडान गरिएको छ, जसले उबडखाबड बाटोमा समेत आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्छ ।

यो पिकअपमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक र V2L (Vehicle-to-Load) प्रविधि समेत उपलब्ध छ, जसको माध्यमबाट अन्य उपकरणहरूलाई गाडीबाटै चार्ज गर्न सकिन्छ । साथै, यसमा Comfort, Economy र Off-road गरी तीनवटा ड्राइभ मोड, ३६० डिग्री क्यामेरा, म्याट्रिक्स एलईडी हेडलाइट, र ६६ प्रतिशत हाई स्ट्रेन्थ स्टीलले बनेको मजबुत बडी जडान गरिएको छ ।

कम्पनीले यस अफरअन्तर्गत ग्राहकहरूलाई आकर्षक क्यासब्याक, निःशुल्क एसेसोरीहरू र रु. ३ लाखसम्मको एक्सचेन्ज टप–अप बोनसको सुविधा पनि दिने बताएको छ । साथै, सुलभ चार्जिङ र सेवाका लागि CG मोटर्सले देशभर २६० भन्दा बढी चार्जिङ स्टेशनहरू र २० भन्दा बढी सेवा केन्द्रहरू सञ्चालनमा ल्याइसकेको छ, जसले ग्राहकहरूलाई देशका विभिन्न भागमा सजिलो पहुँच सुनिश्चित गर्छ ।

चीनको अग्रणी EV निर्माता Geely द्वारा निर्माण गरिएको Riddara RD6 हाल चीनमै EV पिकअप सेग्मेन्टको अगुवा ब्रान्डको रूपमा स्थापित भइसकेको छ । अब नेपालमा पनि यो पिकअप व्यक्तिगत तथा व्यवसायिक प्रयोगका लागि स्मार्ट, टिकाउ र भविष्यमुखी विकल्पका रूपमा अघि आएको छ ।

ग्राहकले थप जानकारी वा बुकिङका लागि ९७०७०९४१९०, ९७०७०९४१८६, ९७०७०७७३३३ वा ९७०७०९४१९७ मा सम्पर्क गर्न सक्नेछन् ।

You might also like

Comments are closed.