काठमाडौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको हकप्रद सेयर हाललाई स्थगत गर्न नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ ।
प्राधिकरणले निर्देशन दिएपछि अहिलेलाई साधारण सभा पनि रोकिएको छ। शकप्रद सेयर जारी गर्न कम्पनीले वार्षिक साधारण सभा सम्पन्न भएको केही दिनमै विशेष साधारण सभा राखेर हकप्रद सेयर ल्याउन प्रस्ताव पारित गर्न लागेको थियो ।
सभाबाट हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी प्रस्ताव पारित गर्ने विशेष एजेण्डा थियो ।
तर, कम्पनीले प्राधिकरणको पूर्वस्वीकृत नै नलिई विशेष साधारण सभा मार्फत हकप्रद सेयरको एजेन्डा अघि सारेको थियो । सो विषयमा प्राधिरकणले तीनभित्र स्पष्टीकरण पठानउ कम्पनीलार्य निर्देशन समेत दिएको थियो । तर, चित्तबुझ्दो जवाफ नआएपछि प्राधिकरणले हाल विशेष साधारण सभा स्थगित गर्न निर्देशन दिएको थियो ।
Comments are closed.