राइटपाथ करिअर काउन्सिलिङ ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ हुँदै

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दैै आइरहेको राइटपाथ करिअर काउन्सिलिङले ‘ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४’ गर्ने भएको छ ।

काठमाडौंको पुतलीसडकमा प्रदान रही देशभर मुख्य शहरहरुमा शाखा विस्तार गरेको राइटपाथले विद्यार्थीहरुलाई सत्यतथ्य परामर्श सेवा प्रदान गर्ने गरी कन्क्लेभ गर्न लागेको हो । मे ११ देखि २१ सम्म (वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म) देशभरका शाखाहरुमा कन्क्लेभ सञ्चालन हुनेछ ।

jutta mela

मे ११ (२९ जेठ)मा काठमाडौंस्थित मुख्य कार्यालयबाट कन्क्लेभ सुरु हुने प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डिसीले जानकारी दिए । ३१ गते धनकुटा, जेठ ३ गते हेटांैडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र २१ गते ललितपुरमा कार्यक्रम हुनेछ ।

‘कन्क्लेभमा सहभागी विद्यार्थीले विभिन्न उपहार योजना तथा अफरहरुको लाभ लिन सक्नेछन्,’ डिसीले भने । कन्क्लेभमा विदेशस्थित प्रतिष्ठित युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता हुनेछ । ‘कन्क्लेभमा सहभागी भएर विद्यार्थीले परामर्शको साथ स्कलरसिप लगायतको सुविधा पनि लिन पाउनेछन्,’ उनले भने ।

You might also like

Comments are closed.