युवा उद्यमी मञ्चका अध्यक्ष लामिछानेले महासंघमा उम्मेदवारी दिने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा नेपाली युवा उद्यमी मञ्चका राष्ट्रिय अध्यक्ष रितेश लामिछानेले उम्मेदवारी घोषणा गरेका छन् । लामिछानेले बस्तुगततर्फ कार्यसमिति सदस्यमा उम्मेदवारी दिने भएका हुन् ।

नेपाली युवा उद्यमीलाई महासंघसँग जोड्ने, नेपालमा युवा उद्यमको विकासका लागि लबिङ गर्ने लगायतका एजेण्डासहित उनले महासंघमा उम्मेदवारी दिन लागेका हुन् ।

गुड्स केयर एसोेसिएसनका अध्यक्षसमेत रहेका लामिछाने विभिन्न व्यापार व्यवसायमा आबद्ध छन् । महासंघको ५७औं वार्षिक साधारणसभा चैत २८ र २९ गते काठमाडौंमा हुँदैछ ।

महासंघको कमोडिटी काउन्सिलमा उनी २ कार्यकालसम्म मनोनीत भएर काम गरिसकेका छन् ।

 

You might also like

Comments are closed.