हालसम्म कतिले भरे रिभर फल्सको आइपिओ ?

 

काठमाडौं । २०७९ बैशाख २८ गतेबाट निष्काशन भएको रिभर फल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा तेश्रो दिन विहान १०ः३० बजे सम्म ६.४७ गुणाले ओभर सब्सक्राइब भएको छ ।

२७ लाख ३० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख ३६ हजार ५ सय कित्ता तथा कर्मचारीलाई २ प्रतिशत बराबर ५४ हजार ६ सय कित्ता छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता शेयर निष्काशन गरिएकोमा निष्काशनको तेश्रो दिन विहान १० बजेसम्म १४ लाख १३ हजार ५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ६४ करोड ३६ लाख १४ हजार रकम बराबरको १ करोड ६४ लाख ३६ हजार १ सय ४० कित्ता शेयरको लागि आवेदन परेको छ । यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

jutta mela

यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने

व्यवस्था रहेको छ । यो आइपिओमा आवेदन दिने अन्तिम मिति छिटोमा जेष्ठ ०४ गते बुधबार अपरान्ह ५ः३० बजेसम्म रहेको छ ।

You might also like

Comments are closed.