रिभर फल्सको आइपिओ बाँडफाड, कतिको हात खाली ?

काठमाडौं । सोमबार रिभर फल्स पावर लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ ।

रिभर फल्स पावर लिमिटेड प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १८ लाख ५९ हजार २४२ वटा आवेदनहरुबाट २ करोड१३ लाख ९४ हजार ६३० कित्ताको लागि जम्मा आवेदन परेकोमा सि–आश्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाहरुबाट विभिन्न कारणबाट ४९ हजार ९ सय ८३ जना आवेदकहरुबाट ११ लाख ५१ हजार १२० कित्ता सेयरलाई परेको आवेदन रद्ध गरेपश्चात बाँकी रहेको १८ लाख ९ हजार २५९ जना आवेदकहरुबाट प्राप्त २ करोड २ लाख ४३ हजार ५१० कित्ता सेयर मध्ये १ हजार ७ सय ९ जना आवेदकहरुबाट प्राप्त १९ हजार ५०० कित्ता सेयरहरु दोहोरो आवेदन परेको र स्थानीयबासीहरुले सर्वसाधारण शेयरमा २,११० जना आवेदकहरुबाट २८ हजार १०० कित्ताको लागि आवेदन प्राप्त भएकोले सो आवेदकहस्लाई समेत गरी जम्मा ३ हजार ८ सय १९ जना आवेदहरुबाट प्राप्त ४७ हजार ६०० कित्ता शेयरलाई रद्ध गरी जम्मा १८ लाख ५ हजार ४४० जना आवेदकहरु मार्फत प्राप्त जम्मा २ करोड १ लाख ९५ हजार ९१० कित्ता सेयर मध्येबाट २ लाख ५३ हजार ८९० जनालाई न्यूनतम १० इकाईका दरले बाँडफाँड गरिएको छ ।

प्रभु क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई २०७९ बैशाख २८ गते देखि जेष्ठ ०४ गते सम्म सार्वजनिक निष्काशन खुला गरेको रिभर फल्स पावर लिमिटेडको निष्काशन गरिएको कूल सेयर २७ लाख ३० हजार कित्ता साधारण सेयर मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख ३६ हजार ५०० कित्ता तथा कर्मचारीहरुलाई २ प्रतिशत बराबर ५४ हजार ६०० कित्ता छुट्याई बाँकी रहेको २५ हजार ३८ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशन रकमकोे करिब ८.४२ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

jutta mela

You might also like

Comments are closed.