नारायणगढ-मुग्लिन सडक थप १५ दिन दिउँसोमा यातायात बन्द गरिने

काठमाडौं । पुल निर्माणका क्रममा भित्तो काट्न कठिन भएपछि नारायणगढ-मुग्लिन सडकखण्डमा थप १५ दिन दिउँसोको समयमा यातायात बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सरोकारवालाको बैठकले थप १५ दिनका लागि सडक बन्द गरेर काम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । पछि माघ ६ गतेदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० बन्द हुँदै आएको थियो । थप गरिएको समय फागुन ६ गते सकिँदैछ।

बैठकले  भित्तो काट्ने काम कठिन भएपछि मंगलबार जिल्ला प्रशासन कार्यालय चितवनले विस्फोटक पदार्थको अनुमतिका लागि मन्त्रालयमा सिफारिससमेत गरेको छ। अनुमति आएसँगै विस्फोट गराएर ढिस्को फोर्ने काम अगाडी बढ्ने छ ।

 

You might also like

Comments are closed.